कोरोना महामारीमा बन्द भएको नेपाल-भारत मैत्री बस पुनः सञ्चालन गर्ने तयारीमा

कोरोना महामारीमा बन्द भएको नेपाल-भारत मैत्री बस पुनः सञ्चालन गर्ने तयारीमा

कोरोना महामारी सुरू भएसँगै बन्द भएको नेपाल-भारत मैत्री बस सेवा पुनः सञ्चालन हुने भएको छ। नेपाल सरकारले मैत्री बस सेवा पुनः सुरू गर्नका लागि भारतीय दूतावासमार्फत आवश्यक प्रक्रिया थालिसकेको छ।

महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीका लागि ५ र देहरादूनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए। मैत्री बस सेवा सुरू भएपछि दुबै देशका यात्रुहरूलाई लाभ मिल्नेछ। यसका साथै सीमा क्षेत्रमा भारतीय भन्सारकर्मी, भारतीय प्रहरी र रिक्सा चालकबाट लुटिने समस्याको समेत अन्त्य हुनेछ।