देउवाले डाके मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ताको तयारी

देउवाले डाके मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ताको तयारी

प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपराह्न ४ बजे सिंहदरबारमा डाकिएको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी  संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी सरकारले अध्यादेश ल्याएको थियो ।

त्यसको प्रयोजन सकिएकाले त्यसलाई निष्क्रिय पारेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । अध्यादेश फिर्ता हुनेवित्तिकै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस निर्णय पनि लिन सक्ने  जनाइएको छ ।