कञ्चनपुरबाट बेपत्ता भएका बालक मृत भेटिए

कञ्चनपुरबाट बेपत्ता भएका बालक मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा हराएका वालक मृत अवस्थामा फेला परेका छन् । 

स्थानीय लाल बहादुर बुढाका छोरा वर्ष ५ का शिशिर बुढा असोज ९ गते अपराह्न ५ बजेबाट घरबाट सम्पर्क विहीन भएका र आज घर पछाडिको गन्धा नालामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

घटना बारे थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक भरत राज गिरिले बताउनुभयो ।

घरमा रहेका शिशिर खेल्दै गर्दा असोज ९ गते देखि सम्पर्क विहीन भएका बालकको प्रहरी र स्थानीय सहित आफन्तहरूले विभिन्न स्थानमा र घरपछाडिको गन्धानालामा समेत खोजी गरेको तर आज त्यही स्थानमा मृत भेटिनुले हत्या भएको परिवारजनले आशङ्का गरेका छन् ।