सेती अस्पतालमा ५७ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा ५७ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर ४ की ५७ बर्षिया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२२ नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।