बैतडी । बैतडीमा नेपाली सेनाले वृक्षारोपण गरेको छ । हनुमान ध्वज गुल्म बैतडीले उपभोग गर्दै आएको दशरथचन्द नगरपालिका २ कठपतेमा रहेको जमिनमा सोमवार वृक्षारोपण गरेको हो ।
गुल्मको आयोजनामा नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयहरूको सहभागितामा वृक्षारोपण गरिएको हो । वडा अध्यक्ष रण बहादुर बोहराको प्रमुख आतिथ्ययतामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
वातावरणीय सन्तुलन कायम राख्न तथा नागरिक, जनप्रतिनिधि, नेपाली सेना र प्रहरी बिचको आपसी सद्भाव कायम राख्न टेवा पुगोस् भनेर संयुक्त रूपमा विभिन्न प्रजातिका २ सय ५० वटा बिरुवाहरू रोपिएको हनुमान ध्वज गुल्म बैतडीका गुल्मपती खिल बहादुर रानाले जानकारी दिए ।
ओखर, अमला, लप्सी, रिट्ठा, टिमुर र कल्की लगायतका फलफूल तथन बाँस, निगालो र धुपी लगायतका बिरुवाहरूको रोपण गरिएको उनले बताए ।