एमाले सांसदलाई राजीनामा दिन बाबुरामको चुनौती

एमाले सांसदलाई राजीनामा दिन बाबुरामको चुनौती

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई राजीनामा दिन चुनौती दिएका छन् । संसदलाई दुईपटक विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले नैतिकताको प्रश्न उठाउँदै एमालेका सांसदहरूले संसद अवरुद्ध पारेर नभइ राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

सर्वोच्चको फैसला नमान्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्न नसुहाउने उनको दाबी छ ।

भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको समेत बताए ।