कञ्चनपुरमा २ लाख मूल्य बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा २ लाख मूल्य बराबरको अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गल्ली नं. २ मा भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएको हो । 

गुल्मे किला, पेन्ट, नट बोल्ट, घण्टा (घाट) लगायत विभिन्न हार्डवेयरका सामान गरी अन्दाजी २ लाख ६ हजार ५ सय ७० बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

बरामद सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।