बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिका–९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ । युयमएन र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजना अन्तर्गत सिर्जना परियोजनाले गठन गरेको नव प्रतिभा आयआर्जन कृषक समूहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागी ३५ हजार बराबरको मेसिन सहयोग गरेको हो ।
विपन्न तथा कोरोना महामारीको चपेटामा परेका स्थानीय तहहरूलाई रोजगार बनाउने उद्देश्यले उक्त मेसिन समूहलाई वितरण गरेको सिर्जना परियोजनाका कार्यक्रम संयोजक बल बहादुर ओडले बताउनुभयो । नव प्रतिभा आयआर्जन कृषक समूहले उत्पादन गरेको सिस्नु पाउडरले थलारामा पर्यटन विकास तथा आर्थिक क्षेत्रको स्तरोन्नतिमा सहयोग पुग्ने समूहका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो ।
‘संस्थाले कल्पना पनि नगरेको कामको थालनी गरेर यहाँका विपन्न वर्गहरू एकल महिला, दलित महिला, जनजाति महिला लगायतका महिलाहरूको आर्थिक उन्नतिको बाटो सृजना गरेको जोशीको भनाई छ ।
समूहले मेसिनलाई लाभदायी र दिगोपन बनाउनमा ध्यान दिनु पर्ने र मेसिनलाई उपयुक्त ढङ्गले सञ्चालन गरे थलारा सिरेटाको सिस्नुको पाउडर अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन सकिने सिर्जना परियोजनाकी म्यानेजर इन्द्रा राईले बताउनुभयो ।