नेकपा (एस) को डोटी जिल्ला कमिटी गठन, अध्यक्षमा दिर्घ बोगटी

नेकपा (एस) को डोटी जिल्ला कमिटी गठन, अध्यक्षमा दिर्घ बोगटी

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोटीको अध्यक्षमा दिर्घ बोगटी चयन भएका छन् । सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको हो ।

पार्टीकी  केन्द्रीय सदस्य पूर्णा जोशीको प्रमुख आथित्यतामा जिल्ला कमिटी घोषणा गरिएको हो । बोगटी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

जिल्ला कमिटी सदस्य मोहन बमका अनुसार जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय अखिल नेपाल महिला सङ्गठन र महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक सङ्गठन पनि विस्तार गरिएको हो।