कञ्चनपुरमा साढे ५ लाख बराबरको भन्सार छलिका सामान बरामद

कञ्चनपुरमा  साढे ५ लाख बराबरको भन्सार छलिका सामान बरामद

कञ्चनपुरमा झण्डै साढे ५ लाख बराबरको भन्सार छलिका सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चिनपुर तथा मातहत बोर्डर आउट पोष्ट गड्डाचौकी, आपताल, पशुपतिटोल, सुन्दरनगर, डोकेबजार र सुरक्षा बेश मझगाउँबाट खटिएका टोलीले बेवारिसे अवस्थामा रहेको कपडा, प्लाष्टिकका सामान, किराना सामान, श्रृङ्गार सामान, खाद्य पदार्थ, हार्डवेयर सामान, प्रतिबन्धित अण्डा, प्रतिबन्धित पेय पदार्थ र मोटरसाइकलसमेत गरी ५ लाख ४६ हजार बराबरको भन्सार छलिका सामान बरामद गरेको हो। 

बरामद गरिएका सामानहरूलाई आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्च्नपुरले जनाएको छ। त्यस्तै पेय पदार्थ र अण्डालाई नष्ट गरिएको बताइएको छ।