५० महिलासहित युएईमा ३५० कामदारको माग, मासिक तलब र सुविधा के कति ?

५० महिलासहित युएईमा ३५० कामदारको माग, मासिक तलब र सुविधा के कति ?

युएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको AL NAIMA AL FAREEDA INTERNATIONAL BUILDING MAINTENANCE LLC कम्पनीले ५० महिला सहित ३५० जना नेपाली कामदारको माग गरेको हो । कम्पननी ५० महिला र २०० पुरुष को लागि र १०० जना  को लागि कामदार माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित २८ हजार माथिदेखि ३८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले Empower human resources managemaent pvt.ltd कार्यालय सिंनामंगल काठमाडौंमा असोज १९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार बेहोर्नुे पर्नेछ भने विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।