बस र विङ्गर ठोकिँदा नौ जना घाइते, ४ जनाको अबस्था गम्भीर

बस र विङ्गर ठोकिँदा नौ जना घाइते, ४ जनाको अबस्था गम्भीर

कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोकिँदा नौ जना यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठोकिएका थिए ।

दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताउनु भयो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक रहेका छन् ।

यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ति मगर र वर्ष २३ का अर्जुन बुढा मगर अवस्था समेत गम्भीर रहेको छ । उहाँहरुलाई थप उपचारको लागि बुटवल लगिएको कार्कीले बताउनु भयो । सामान्य घाइतेको को कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।