दशरथचन्द नगरपालिका-१०  का किसानलाई ४०  क्विन्टल आलुको बिउ वितरण

दशरथचन्द नगरपालिका-१०  का किसानलाई ४०  क्विन्टल आलुको बिउ वितरण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १०  बुरकिलका किसानलाई ४०  क्विन्टल आलुको बिउ वितरण गरिएको छ । रूडेसद्वारा अक्सफाम नेपालको सहयोगमा ट्रोसा कार्यक्रम र कृषि ज्ञान केन्द्र बैतडीको सहयोगमा यहाँका किसानलाई ४० क्विन्टल आलुको बिउ वितरण गरिएको हो । वडाभित्रका ३३ जना किसानले करिब ५३ रोपनी जमिनमा आलु खेती सुरुवात गरेका छन् ।

समुदायका समस्या पहिचान गरेर स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसम्म समस्या राखेर महाकाली नदिको पानी पनि खडेनिमा पु¥याइएको छ । सबै तहको सहकार्यमा  विकास, उपलब्धि, दिगोपना एक ज्वलन्त उदाहरण समेत देखिएको छ । रुडेस बैतडी द्वारा अक्सफाम नेपालको सहरीकरणमा ट्रोसा कार्यक्रम अन्तर्गत धनगढी घोषणा पत्र अनुसार दशरथ चन्द नगरपालिकाको सहयोगमा महाकाली नदीको पानी लिफ्ट गरिएको छ ।

सो निर्मित लिफ्ट सिँचाइ योजना पश्चात् दशरथचन्द नगरपालिकाको सहयोगमा बेमौसमी तरकारी खेती, गहुँ बालीको उत्पादन, मकै बालीको उत्पादन, रोपाइँ गरी धान उत्पादन, मकै बाली भित्र्याएर खाली जग्गामा बन्दाबन्दी आलु खेतीका लागी कृषि ज्ञान केन्द्र बैतडीले ४० क्विन्टल आलुको बिउ अनुदान सहयोग गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्द जोशीले जानकारी दिए ।

व्यावसायिक रूपमा बन्दाबन्दी आलु खेतीका लागी कृषक पाठशाला सञ्चालन गरी ४८० क्विन्टल आलु उत्पादनबाट २४ लाख आम्दानी गरिने लक्ष्य रहेको जोशीको दाबी छ ।