ट्राफिक प्रहरीले कैलालीमा सुरु गर्‍यो चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण अभियान

ट्राफिक प्रहरीले कैलालीमा सुरु गर्‍यो चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण अभियान

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण अभियान शुभारम्भ गरेको छ । चाडपर्वको समयमा सवारी साधन र यात्रुहरूको चाप बढी हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न कैलाली ट्राफिकले सचेतना अभिवृद्धि गर्न थालेको हो ।

दसैँतिहार तथा छठ पर्वको उपलक्ष्यमा सवारी साधनहरूको चाप तथा यात्रुहरूको ओहोर दोहोर बढ्न जाने हुँदा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ संस्थाको सहकार्यमा दसैँतिहार र छठ पर्वलाई लक्षित गर्दै ट्राफिक सचेतना अभिवृद्धि अभियान थालिएको हो ।

सोमबार धनगढी उपमहानगरपालिका–३ को चौराहामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्न ट्राफिक सचेतना सम्बन्धी चार हजार थान पर्चा पम्पलेट र पाँच सय थान स्टिकर बनाई वितरण गर्ने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

सवारी साधन चालक, सह–चालक, सर्वसाधारण तथा यात्रुहरूलाई ट्राफिक सचेतना अभिवृद्धि गर्नको लागि पर्चा पम्पलेट वितरण गरिएको उनको भनाइ छ । साथै सवारी साधनहरूमा समेत स्टिकर टाँस गर्ने अभियान सुरु गरिएको छ ।

उक्त अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र सबै यात्रुहरूको यात्रा सुरक्षित हुने आशा र अपेक्षा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बोहराले बताए । 

May be an image of one or more people, outdoors and text that says 'जराज REDMINOTE REDMI NOTE PRO QUAD CAMERA'May be an image of roadMay be an image of 1 person, motorcycle and roadMay be an image of 1 person and roadMay be an image of 2 people and outdoors