एमाले अध्यक्ष ओली र कानून मन्त्री कार्कीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र कानून मन्त्री कार्कीबीच भेटवार्ता

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष ओलीले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ । ओलीले सरकारले पार्टी फुटाउने गरी हठात् रुपमा अध्यादेश ल्याइनु र खारेज गर्नु षडयन्त्रपूर्ण र संविधान विपरीत रहेको बताउनु भएको छ ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानून सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक र गैरकानून रहेको बताउनु भएको थियो ।

साथै अध्यक्ष ओलीले कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन भन्ने कुराको सन्देश कानून मन्त्रीमार्फत प्रधानमन्त्री समक्ष पठाउनु भएको हो ।