दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्ड बस्ने अन्दाजी वर्ष ४५ कि नरमादेवी ठगुन्ना रहेको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् । उनको खर काट्ने बेला भीरबाट लडेर ज्यान गएको हो ।

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु उनले बताए । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन वर्ष अगाडि मृत्यु भईसकेको बताइएको छ ।