धनगढीमा सुत्केरी महिला मृत्यु प्रकरण : ३ दिन सम्म पनि उठेन शव

धनगढीमा सुत्केरी महिला मृत्यु प्रकरण : ३ दिन सम्म पनि उठेन शव

धनगढी । सुत्केरीको मृत्युको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनहकमा ज्यान गुमाउनु परेको भन्दै शव उठाउन नमानेका हुन ।

शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो। महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले बताउदै आएका छन ।

बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा मृत्यु भएको दावी आफन्तले गरेका छन । आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । सोमबार दिनभर जिल्ला प्रशासन कार्यलय कैलालीमा बस्दा पनि सहमति हुन नसकेपछि आज पुन: जिल्ला प्रशासनमा सहमतिको प्रयास भैरहेको छ ।

यता नवजीवन अस्पतालले विशेषज्ञ चिकित्सले हरप्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको जनाएको छ । अत्यधिक रक्तस्रावका कारण बिरामीलाई कार्डियाक एरेस्ट भएर मृत्यु भएको दाबी अस्पतालको छ । चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिएको थियो ।

यस्तै विद्यार्थीहरु पनि मृत्यु भएकी कल्पना मल्लको लागि न्यायको माग गर्दै प्रर्दशन गर्न थालेका छन । आज विहान सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन् ।

नवजीवन अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति :

No description available.