सेती प्रयोगशालामा भएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ नमूना परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।