नेपालमा १ हजार १५८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

नेपालमा १ हजार १५८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ९०४ र २ हजार ३३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।