बलात्कार मुद्दामा दोषी ठहर भएका फरार प्रतीबादी धनगढीबाट पक्राउ

बलात्कार मुद्दामा दोषी ठहर भएका फरार प्रतीबादी धनगढीबाट पक्राउ

धनगढी । बलात्कार मुद्दामा दोषी ठहर भई फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उप–महानगरपालिका वडा नम्बर १ का २१ वर्षीय तुषार चौधरी पक्राउ रहेका छन् ।

उनलाई कैलाली जिल्ला अदालतले २०७७ फागुन १९ गते १२ वर्ष कैद सजाय सुनाएको थियो ।

चौधरीलाई मंगलबार अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत पेश गरिएको छ।