बझाङमा एमालेका जिल्ला कमिटी उप-सचिव सहित २२ जना नेकपा (एस) मा समायोजन

बझाङमा एमालेका जिल्ला कमिटी उप-सचिव सहित २२ जना नेकपा (एस) मा समायोजन

बझाङ । नेपाल कम्युनिस्ट पार्टी बझाङ एमालेमा पहिरो गएको छ । मङ्गलवार जिल्लामा एक कार्यक्रमका बिच नेकपा एमाले परित्याग गरी ८४ जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

होटेल माउन्टभ्यूको सभा हलमा कार्यक्रमको आयोजना गर्दै नेकपा एमालेका उपसचिव रहेका धन बहादुर बोहराको नेतृत्वमा जिल्ला कमिटीबाट १५ जना सहित ६९ जना एकीकृत समाजवादीमा प्रवेश भएका हुन ।

एमालेका जिल्ला कमिटी उप-सचिव धन बहादुर बोहरा, जिल्ला कमिटी सचिवालय सदस्य कलक बहादुर धामी, जिल्ला कमिटी सदस्य गोपाल बहादुर खड्का, कल्क बिक, सोनु सिंह, राम प्रसाद जोशी, नरदेव बडू, दीर्घ बहादुर बोहरा, राधिका सुवर्णका, नर बहादुर बोहरा, पार्वती जोशी, प्यारी मोहत, श्याम सुनार, तारा बोहरा र गणेश बहादुर थापा लगायतका व्यक्तिहरू एकीकृत समाजवादीमा प्रवेश भएको हुन ।

एमाले परित्याग गरेका उपसचिव धन बहादुर बोहराले एमालेमा केपी ओली प्रवृत्ति ठिक नभएको र अझै अहङ्कार, दम्भ देखाउने प्रवृत्तिले निकै घात गरेको बताउँदै पार्टी छाडेको बताए । यस्तै ''हामीलाई बा प्रवृत्ति चाहिँदैन,'कलक धामीले भने,'केपी ओली भनेको दम्भ र अहङ्कारवादी हुन ।''