मंगलबार सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

मंगलबार सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

धनगढी । मंगलबार सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९८३ नुमना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ९१ जनामा पिसिआर परिक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । भने ८९२ जनामा जनामा एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पिसिआर र एन्टिजेन विधिबाट परिक्षण गरिएका मध्ये ९६५ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।