कैलालीमा अनुगमन तीव्र, ४५ हजार बढीका अखाद्य तथा म्याद गुज्रेका सामग्री जफत

कैलालीमा अनुगमन तीव्र, ४५ हजार बढीका अखाद्य तथा म्याद गुज्रेका सामग्री जफत

धनगढी । कैलालीमा बजार अनुगमनले तिब्रता पाएको छ ।  

मङ्गलबार कैलालीमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय जिल्ला प्रशासन, वाणिज्य कार्यालय, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय संयोजकत्वमा कैलाली जिल्लामा संयुक्त बजार अनुगमन गरिएको छ । 

अनुगमनका क्रममा तत्काल जरिवाना गर्नुका साथै म्याद नाघेका तथा उपभोग गर्न अयोग्य ४५ हजार ३ सय ५१ रुपैंया अन्ठानब्बे पैसा बराबरको अखाद्य पदार्थ तथा म्याद गुज्रेका कस्मेटिक सामग्रीहरू जफत गरिएको  उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक भोज राज भट्टले जानकारी दिएका छ्न । 

उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कसुर गरेको देखिँदा जिल्लाका निम्न पसल व्यवसायीहरूलाई जरिवाना गरिएको समेत निर्देशक भट्टले बताए। 

गोदावरी न.पा.वा.नं २ स्थित भैरवी ऋङ्गार सेन्टरलाई रु. २०,००० ।-
गोदावरी न.पा.वा.नं १ स्थित वीर वेताल मार्ट प्रा.ली. लाई रु. १०,००० ।-
गोदावरी न.पा.वा.नं २ स्थित समृद्धि एग्रोभेट सेन्टरलाई रु. ५,००० ।-
गोदावरी न.पा.वा.नं २ स्थित महाराज सप्लायर्सलाई रु. ५,००० ।-