माओवादी नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

माओवादी नेता  बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

पुनलाई लामो समयदेखि जण्डिसले सताएको छ । चार वर्षअगाडि पनि जण्डिसले स्वास्थ्यमा समस्या देखाएपछि थाइल्याण्डमा उपचार गराइएको थियो । पुनको सचिवालयका अनुसार बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ । 
सुमेरु अस्पतालमा उपचार गराएका पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएपछि थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ ।