सुदूरपश्चिममा देउवाको वर्चस्व ७५ मध्ये ५३ पालिकामा संस्थापनका उम्मेदवारहरू निर्वाचित

सुदूरपश्चिममा देउवाको वर्चस्व ७५ मध्ये ५३ पालिकामा संस्थापनका उम्मेदवारहरू निर्वाचित

सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा नेपाली कांग्रेसको पालिका अधिवेशन सकिएको छ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको यहाँ क्रियाशील सदस्यता विवाद समाधानमा ढिलाइ भएकाले कैलालीबाहेक आठ जिल्लामा कांग्रेसको गाउँ(नगरपालिका अधिवेशन सकिएको हो।

अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्षले र एक जिल्लामा इतर समूहले ‘क्लिन स्वीप’ गरेको छ।संस्थापनले प्रधानमन्त्रीसमेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरा, अछाम र डोटीमा इतर तथा इतर समूहले दार्चुलामा ‘क्लिन स्वीप’ गरेको हो।

आठ जिल्लाका ७५ पालिकामध्ये ५३ वटामा संस्थापनका उम्मेदवारहरू सभापतिमा निर्वाचित भएका छन्। २२ पालिकामा भने संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट उम्मेदवार विजयी भएका छन्।

पालिका अधिवेशन भएका आठ जिल्लामा २७ नगरपालिका छन्। जसमा आठ नगरपालिकाको नेतृत्वमा इतर समूह आएको छ। बाँकी १९ नगरहरुमा संस्थापन पक्षीय उम्मेदवार सभापति बनेका छन्।पालिका अधिवेशन सकिएका ४८ मध्ये ३४ गाउँपालिकाको सभापतिमा संस्थापनले पकड बनाउँदा बाँकी १४ गाउँपालिकामा इतर समूहनिकट उम्मेदवारहरू सभापतिमा निर्वाचित भएका छन्। 

यता कैलालीमा पनि अधिवेशन हुने तयारीमा छ । क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भईसकेपछि अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए। आज निर्वाचन अधिकृत आउने जानकरी आएको बताउदै उनले त्यसपछि वडा अधिवेशनबारे टुंगो लाग्ने बताए। सदस्यता विवादका कारण कैलालीमा अधिवेशन हुन सकेको थिएन।

कहाँ को भए सभापति ?
बैतडी
सुर्नया गाउँपालिका— प्रतापसिंह महरा
शिवनाथ गाउँपालिका— हिरा चन्द
पञ्चेश्वर गाउँपालिका— रामबहादुर चन्द
दशरथचन्द नगरपालिका— भुवन राज भट्ट
पुर्चौडी नगरपालिका— गणेशसिंह गडाल
दोगडाकेदार गाउँपालिका— नन्दराज भट्ट
मेलौली नगरपालिका— प्रमानन्द भट्ट 
सिगास गाउँपालिका— कर्णबहादुर ऐर 
डिलाशैनी गाउँपालिका— जयराज जोशी
पाटन नगरपालिका— मानशहादुर ऐर

बाजुरा
बुढिनन्दा नगरपालिका— डबल बहादुर खड्का 
हिमाली गाउँपालिका— अम्मलाल कार्कि 
जगन्नाथ गाउँपालिका— सुन्दर बहादुर बिष्ट 
स्वामिकार्तिक खापर गाउँपालिका— महेश कट्टेल 
बडिमालिका नगरपालिका— गोपाल कार्की 
गौमुल गाउँपालिका—राज बहादुर धामी
त्रिबेणी नगरपालिका—सुरेन्द्र राज गिरी 
बुढिगङ्गा नगरपालिका—जयराज  उपाध्याय
छेडेदह गाउँपालिका—हर्क बहादुर रावत 

डडेल्धुरा
परशुराम नगरपालिका—भरत बडायर जोशी
अमरगढी नगरपालिका— खेमराज भट्ट
अजयमेरु गाउँपालिका— टेकराज पाण्डेय
नबदुर्गा गाउँपालिका—भोजराज भट्ट
आलिताल गाउँपालिका—चन्द्रदेब बोहरा
भागेश्वर गाउँपालिका—डम्बरराज जोशी
गन्यापधुरा गाउँपालिका—इन्द्र कार्की

डोटी

दीपायल सिलगढी नगरपालिका– गणेशबहादुर मलासी
शिखर नगरपालिका – हर्कबहादुर बोगटी
सायल गाउँपालिका– तेजराज ओझा
पुर्बीचौकी गाउँपालिका– बलबहादुर खड्का
केआईसिंह गाउँपालिका– अर्जुनबहादुर बलायर
आदर्श गाउँपालिका– चन्द्रनाथ ओझा 
जोरायल गाउपालिका – मोहनराज मल्ल
बडिकेदार गाउँपालिका– करुणाकर जोशी 
बोगटान फुडसिल गाउँपालिका– खडकसिंह बोहरा 

कञ्चनपुर
पुनर्वास नगरपालिका—शुकबहादुर तामाङ
बेलौरी नगरपालिका—पेपुराम चौधरी
लालझाडी गाउँपालिका—श्रीकृष्ण राना
बेलडाँडी गाउँपालिका—गजबहादुर बिष्ट
वेदकोट नगरपालिका—तुलाराम साहु 
भीमदत्त नगरपालिका— अच्युतराज कलौनी 
कृष्णपुर नगरपालिका— विष्णु खड्का
शुक्लाफाँटा नगरपालिका— दानबहादुर ऐर
दोधारा चाँदनी नगरपालिका— राजेन्द्र मल्ल 

अछाम
बान्नीगढी जयगढ गाउँपालिका—कर्णबहादुर ठकुल्ला
मेल्लेख गाउँपालिका—खकेन्द्रबहादुर साउँद
रामारोशन गाउँपालिका—मानबहादुर साउँद
कमलबजार नगरपालिका—पदमबहादुर भण्डारी
ढकारी गाउँपालिका—धनबहादुर बुढा
चौरपाटी गाउँपालिका—धर्मबहादुर साउँद
मंगलसेन नगरपालिका—झपट बहादुर रावल
तुर्माखाँद गाउँपालिका—कविराम बयक
साँफेबगर नगरपालिका—लालबहादुर कुँवर
पञ्चदेवल विनायक नगरपालिका—सर्जन बहादुर शाही
 
बझाङ
वित्थडचिर गाउँपालिका—चक्र अधिकारी
मष्टा गाउँपालिका—उतम जोशी
तलकोट गाउँपालिका—लोकेन्द्रबहादुर सिंह
सुर्मा गाउँपालिका—अप्रित बोहरा
खप्तडछान्ना गाउँपालिका—विष्णुभक्त जोशी 
बुंगल नगरपालिका—नरेश थापा 
साइपाल गाउँपालिका—रामबहादुर बोहरा
दुर्गाथली—युवराज भण्डारी
केदारस्युँ गाउँपालिका—शिवराज भण्डारी
थलारा गाउँपालिका—दिलबहादुर सिंह
छविसपाथिभेरा—पाण्डव थापा 
जयपृथ्वी नगरपालिका—हिरेन्द्र छत्याल 

दार्चुला
महाकाली  नगरपालिका—चन्द्रसिंह बिष्ट 
शैल्यशिखर नगरपालिका—मोहनसिंह साउद
लेकम गाउँपालिका—कमलापति  मिश्र
मालिकार्जुन गाउँपालिका—किसनसिंह सामन्त
मार्मा गाउँपालिका—धनन्जय जोशी 
नौगाड गाउँपालिका—प्रेमसिंह धामी 
दुहु गाउँपालिका—नरेन्द्र  कुंवर
ब्यांस गाउँपालिका—नरेन्द्रदत्त भट्ट
अपि हिमाल गाउँपालिका—सोभानसिंह लोथ्याल