ट्याक्टरबाट खसेर कैलालीमा एक युवकको मृत्यु

ट्याक्टरबाट खसेर कैलालीमा एक युवकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

राजीपुरका ४२ वर्षीय कर्णबहादुर खत्रीले चलाएको उक्त ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।