मानव बेचबिखनमा संलग्न कञ्चनपुरका एक अभियुक्त १२ वर्षपछि पक्राउ

मानव बेचबिखनमा संलग्न कञ्चनपुरका एक अभियुक्त १२ वर्षपछि पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक पिपलाडी गाविस–३  हाल शुक्लाफाटा नगरपालिकाका ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन्। 

जोशीले स्थानीय एक महिलालाई ललाइफकाइ बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। 

प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो। 

फरार अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई जिल्ला अदालत समक्ष पेस गरेको र अदालतले अभियुक्तलाई सजाय भुक्तानका लागी कारागार चलान गरेको छ।