सेती प्रयोगशालामा भएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि

धनगढी । बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०१ नमूना परिक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

यस्तै २४ घण्टामा पाँच जना कोरोना संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन । हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।