बझाङमा सेती नदीको किनारमा एक महिलाको शव फेला

बझाङमा सेती नदीको किनारमा एक महिलाको शव फेला

बझाङ । बझाङमा सेती नदीको पुल मुनी एक महिलाको शव फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलको मुनी बुधवार करिब २५ वर्षीय महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पुलमुनी नदीको किनारमा ग्याविन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

महिलाको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।