कारागारमा कैदीबन्दीबीच झडप, कम्तीमा २४ जनाको मृत्यु

कारागारमा कैदीबन्दीबीच झडप, कम्तीमा २४ जनाको मृत्यु

इक्वेडरको एक कारागारमा भएको झडपमा कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।

कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।