एकीकृत समाजवादीबाट सुदूरपश्चिमका प्रेम आलेसहित यी बन्दै छन् मन्त्री

एकीकृत समाजवादीबाट सुदूरपश्चिमका प्रेम आलेसहित यी बन्दै छन् मन्त्री

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ मन्त्रीको टुंगो लगाएको हो । सांसदहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको मन्त्रीमा सिफारिस भएका एक नेताले जानकारी दिए ।

उनका अनुसार पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ । मन्त्रालयको बारेमा भन्ने टुंगो लाग्न बाँकी छ । बिहीबार बस्ने सत्ता गठबन्धनको बैठकले मन्त्रालयको टुंगो लगाउने नेताहरूले बताएका छन् । बाह्रखरीबाट