कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले चेक अनादर मुद्दाका फरार प्रतिवादी पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुँहा नगरपालिका–३ बस्ने ३८ बर्षीय गंगा बहादुर तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।

कैलाली जिल्ला अदालतको विसं २०७७ भाद्र २६ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी तिरुवालाई ६ महिना कैद सजायको फैसला गरेको थियो ।

ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले तिरुवालाई चिसापानी बजारबाट बुधबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।