बुधबार सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९८९ नमुना परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२८ नमुना पिसिआर विधिबाट परिक्षण गर्दा २५ जना कोरोना पोजेटिभ देखिएको हो । भने ८६१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

परिक्षण गरिएका मध्ये ९५६ जनाको परिक्षण रिपोटी नेगेटिभ आएको छ ।