धनगढी । कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका_१ बस्ने ७० वर्षीय रोगाहीलाल चौधरीलाई पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतले चौधरीलाई २०७१ माघ १८ गते चोरी मुद्दामा १ महिना कैद र ३९ हजार ३५० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीको अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई बुधवार कैलाली जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।