कैलालीमा चिकित्सक र राष्ट्र सेवक कर्मचारीसहित २४ जना सम्मानित

कैलालीमा चिकित्सक र राष्ट्र सेवक कर्मचारीसहित २४ जना सम्मानित

धनगढी । कैलालीमा चिकित्सक र स्वास्थ्यकर्मीसहित २४ जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन । ‘जसको कोही छैन, त्यसको हामी छौं अभियान नेपाल’ नामक संस्थाले बुधबार जिल्ला समन्वय समितिको कार्यालय धनगढीमा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

‘कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यान हत्केलामा राखेर अरुलाई बचाउँदै आफू पनि बाँच्नुभयो त्यसैले त भेट भयो’ भन्ने नाराका साथ सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलसहितका स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयका कर्मचारीलाई जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापाले प्रशंसा पत्र र मालासहित सम्मान गरेका हुन ।

उक्त संस्थाका संयोजक नेत्र भण्डारीले चिकित्सक, स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीले महामारीका बेला पु¥याएको योगदानको कदरस्वरुप प्रशंसापत्रसहित सम्मान दिइएको बताए ।