बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिगास गाउँपालिका २ नम्बर वडा भेलाले हर्कसिंह धामीको अध्यक्षतामा ३९ सदस्यीय वडा कमिटी गठन गरेको छ । निर्वाचन आयोगबाट मान्यता पाएको एकीकृत समाजवादी पार्टीले (आज) सिगास गाउँपालिका को नम्बर २ मा कमिटी गठन गरेको हो बिहीबार नेकपा एकीकृत समाजवादीको भेलाबाट धामी को अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष दिलीप सिंह धामी र हेमन्ती धामी, सचिवमा मान सिंह धामी उपसचिवमा प्रेम सिंह ढाट लगायत ३९सदस्यीय वडा कमिटी चयन भएको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव गौरी शङ्कर भट्टले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीका बैतडी जिल्ला उपाध्यक्ष किस्ण सिंह साउद को प्रमुख आथित्यता तथा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका उपसचिव गौरीशङ्कर भट्ट र भीम भट्ट को विशिष्ट आथित्यतामा सम्पन्न भएको हो वडा भेलामा जिल्ला कमिटी सदस्य ,शिवराज भट्ट, नेकपा समाजबादी का नेताहरूको सहभागिता रहेको थियो ।
बैतडी जिल्ला को सबै पालिका कमिटी गठन गर्ने नेकपा समाजवादी सिगास गाउँपालिकाका सचिव पठान सिंह बोहरा ले जानकारी दिनु भयो ।