कैलालीमा मोटरसाइकल दुर्घटनामा परि दुई जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि दुई जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका -३ गोरुङ्गेमा लम्कीबाट चिसापानीतर्फ आउँदै गरेको लु६८प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार घाइते हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ का २८ वर्षीय एधेल न्यौपाने र ३२ वर्षीय लक्ष्मण तिमल्सेना रहेका छन्।

घाइते दुबैलाई उपचारका लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।