सर्पले डस्दा बैतडीमा एक बालकको मृत्यु

सर्पले डस्दा बैतडीमा एक बालकको मृत्यु

बैतडीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका -४ आम्चौरा चौडली बल्याकुडाका १२ वर्षीय सुरज राम सार्कीको सर्पले डस्दा मृत्यु भएको स्थानीय नारायण चौडालाले बताए। उनका अनुसार सुरजलाई मंगलबार राति साढे ११ बजेतिरको समयमा सुतेको बेला सर्पले डसेको थियो।