नबिल बैंक लाई दोस्रोपटक ‘लिडिङ पार्टनर बैंक’ अवार्ड

नबिल बैंक लाई दोस्रोपटक  ‘लिडिङ पार्टनर बैंक’ अवार्ड

नबिल बैंक लिमिटेडले २०२१ का लागि एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ। नबिलले गतवर्ष पनि सोही अवार्ड प्राप्त गरेको थियो।

एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्ने गर्दछ। यसले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरुको अन्त्य गरेर दिगो विकासका लक्ष्य हासिल गर्न देशहरूलाई सशक्त पार्दछ।

एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा प्रोग्रामसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो।

सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकका देशभर १३५ शाखा छन्। त्यस्तै १८४ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्।