पावर टिलर दुर्घटना हुँदा कैलालीमा एक महिलाको मृत्यु

पावर टिलर दुर्घटना हुँदा कैलालीमा एक महिलाको मृत्यु

धनगढी । पावर टिलर दुर्घटना हुँदा कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको जोशीपुर गाउँपालिका १ बडरियाको भित्रि सडकखण्डमा भजनीबाट आउने क्रममा पावर टिलर दुर्घटना हुँदा अन्दाजी ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

बडरियाकै अन्दाजी ४८ वर्षीय राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई पल्टिँदा उनकी श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।