कारागारमा कैदीबन्दीबीच झडप, मृत्यु हुनेको संख्या एक सय नाघ्यो

कारागारमा कैदीबन्दीबीच झडप, मृत्यु हुनेको संख्या एक सय नाघ्यो

इक्वेडरमा एउटा जेलमा भएको झडपमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको  छ । अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो ।

झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।  झडप नियन्त्रणमा लिन प्रहरीले चार सय प्रहरी परिचालन गरेको थियो ।

यो जेलमा लागुऔषध गिरोहका सदस्यहरुलाई राखिएको थियो ।  इक्वेडरमा लागुपदार्थ नेटवर्क चलाउने मेक्सिकोको समूहको आदेशमा झडप भएको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले यो घटनालाई भयङ्कर त्रासदीपूर्ण भनेका छन् । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते छन् । यो घटना पछि राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारमा आपतकालीन अवस्थाको घोषणा गर्नु भएको छ ।