कैलालीमा बच्चा सहित चितुवा भेटियो

कैलालीमा बच्चा सहित चितुवा भेटियो

धनगढी । कैलालीमा छाउरा सहित चितुवा भेटिएको छ । जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा दुई वटा छाउराका साथमा  चितुवा देखा परेको हो ।

घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा रहेकोश्री रामजानकी सामुदायिक बन उपभोक्ता समुह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे  छाउरा सहित चितुवा भेटियको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।

घोडाघोडी क्षेत्रमा  छाउरा सहित चितुवा देखिएको यो पहिलो पटक रहेको सब डिभिजन वनका कमचारी जुगराम चौधरीले बताए ।