क्रूर आमा : बच्चालाई मन नपराएपछि दिइन् चरम यातना

क्रूर आमा : बच्चालाई मन नपराएपछि दिइन् चरम यातना

एक आमाले सबभन्दा बढी माया आफ्नो सन्तानलाई गर्छिन् । तर टर्कीको इस्तानबुलमा आमाले आफ्नी बच्चीमाथि गरेको यातनाको भयावह समाचार सार्वजनिक भएको छ । 

यातनाको नाममा आफ्नी बच्चीको कान र नाभिमा ब्लीच सुईमार्फत हाल्ने गरिरहेकी थिइन् । प्रहरीले उनलाई हिरासतमा लिएको छ । 

महिलाको नाम एलिफ हो र उनी इस्तानबुलमा आफ्ना पति ऐरे र तीन बच्चीहरूसँग बस्छिन् । उनले लामो समयदेखि आफ्नी कान्छी छोरी ईलुललाई यातना दिँदै आएकी थिइन् । 

छोरी नियमित बिरामी हुन थाल्दा ऐरेलाई एलिफमाथि शंका जाग्यो । छोरीलाई अस्पताल लगिँदा पो उसको टाउकोको हाड भाँचिएको र शरीरभरि चोट लागेको पाइयो । 

प्रहरीले यसको बारेमा सोधपुछ गर्दा उनले आफूलाई निर्दोष साबित गरिन् । त्यसपछि पनि एलिफले आफ्नो कुकर्म जारी राखिन् र छोरीलाई कष्ट दिइरहिन् । 

पछि चाहिँ छोरीलाई अस्पतालमा लग्दा ईलुलको स्थिति नाजुक थियो । चिकित्सकहरूले एलिफलाई ईलुलसँग भेटघाट गर्नै दिएनन् । प्रहरीले उनीमाथि नै शंका गरिरह्यो । अन्तिममा एलिफले दबाब सहन सकिनन् र आत्मसमर्पण गरिन् । 

सोधपुछमा एलिफले गरेको खुलासाले रौं ठाडो बनायो । उनले छोरीले एक महिनाकी हुँदादेखि यातना दिएको बताइन् । उसले छोरीलाई आँखा, कान, छाती र नाभिमा चोट दिइरहेकी थिइन् । अनि आफैं अस्पताल लगेर उनले छोरीका नसामा ब्लीच र लिक्विड सोप सुईमार्फत घुसाउँथिन् । 

आफूले छोरीलाई कहिले पनि माया गर्न नसकेको र उसप्रति ममता नै नजागेकोले गर्दा यस्तो काम गरेको एलिफले बताइन् ।