सेती प्रयोगशालामा भएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि, एक को मृत्यु

सेती प्रयोगशालामा भएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि, एक को मृत्यु

धनगढी ।  सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहीबार २२ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १८३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालमा  हाल  ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

यस्तै सोही अवधिमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्ध रहेका छन् । स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि महाकाली अस्पताल कञ्चनपुरमा लगिएको थियो।

त्यहाँ पिसिआर चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफन्तहरुले थप उपचारको लागि उनलाई बुधवार सेती प्रादेशिक अस्पतालमा ल्याएका थिए ।उनको उपचारका क्रममा आज सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।