धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
उनकाअनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।