सुदूरपश्चिम सरकारले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र

सुदूरपश्चिम सरकारले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र

धनगढी । नेपाली कांग्रेस संसदिय दल सुदुर पश्चिम प्रदेशले आफ्ना मागहरुको बेवास्ता गरेको प्रति मुख्य मन्त्रिलाइ ध्यानाकर्षण गराएको छ । केन्द्रिय गठबन्धनको भावना अनुरुप लचिलो भइरहदा पनि सुदुरपश्चिम प्रदेश सरकारले बेवास्ता गरेको प्रति नेपाली कांग्रेस संसदिय दलले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस र सुदुरपश्चिम सरकारको बिच पटक पटक सम्झौता र उच्च स्तरीय वार्ता भइरहदा पनि आर्थिक बर्ष २०७८/७९ को बजेट बारे हालसम्म पनि सरकार बाट कुने ठोस निर्णय नआएको भन्दै ध्यानाकर्षण भएको संसदीय दलका नेता रणबहादुर रावलद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ।

कृष्णपुर नगरपालिका ४ मा क्षेत्र पुर्बाधर बिकास कार्यक्रम बाट ५ लाखको निर्माण सम्पन्न भएको योजनाको भुक्तानि कार्यान्वयन बारे गैर जिम्मेवारी र चरम लापरबाहि भइरहेकाले तुरुन्त भुक्तानिको ब्यवस्था मिलाउनुपर्ने,केन्द्रिय गठबन्धन अनुरुप छलफल नहुदा गठबन्धनको औचित्य नभएको, प्रदेश अन्तर्गत कार्यरत कर्मचारीलाइ न्यायोचित तरिकाले ब्यवस्थापन गर्नुपर्ने लगायतको माग राख्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टलाइ ज्ञापन पत्र बुझाएको छ ।

No description available.