आजको राशिफल , २०७८ असोज १५ गते शुक्रवार

आजको राशिफल , २०७८ असोज १५ गते शुक्रवार

मेष- रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।

वृष- सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

मिथुन- व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन ।

कर्कट- दाम्पत्य जीबन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

सिंह- रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।

कन्या- उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।

तुला- सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।

वृश्चिक- धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन ।

धनु- सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।

मकर- अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन । जागिरमा पदोन्नतिको योग रहेको छ ।

कुम्भ- शत्रुहरु पराजित हुनेछन । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

मीन- रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।