न्यादी हाइड्रोपावरको आज शुक्रबार असोज १५ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल बिक्रीमध्ये ५% अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असोज ३१ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । केयरले सन् २०७७ असोज २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद यही असोज २२ गते सकिँदैछ ।