धनगढीका कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

धनगढीका कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

धनगढी । कैलालीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उप–महानगरपालिका-५ का ९० वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ नमुना परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनका अनुसार हाल अस्पतालमा १२ जना संक्रमितको उपचार भइरहेको छ ।