सेती प्रयोगशालामा भएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ नमुना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसीयूमा र  १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज मात्रै ६ जना संक्रमित अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।

यस्तै अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका ५ का ९० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।